
पाेखरा, २४ साउन । कास्कीकाे हेम्जामा प्रधान कार्यालय रहेकाे एनएमवि लघुवित्त वित्तीय संस्था लिमिटेडले वित्तीय साक्षरता, उद्दमशीलता विकास तथा क्षमता अभिबृद्धि तालिम सम्पन्न गरेको छ ।
संस्थाले ईलाम जिल्लाका ३ वटा शाखा कार्यालयहरु राँकेमा साउन २१ गते विव्ल्याटेमा २२ गते र तिनघरे शाखामा २३ गते स्थानिय निकायसंगको सहकार्यमा तालिम संचालन गरेको हो ।
पछिल्लो समय माहाभारीको रुपमा गाईगोरुमा देखिएको लम्की स्कीन रोगका कारण बढि प्रभावित क्षेत्रमा गएर त्यसको रोकथाम साथै पशु चौपाएमा लाग्न सक्ने सबै रोग र त्यसको रोकमाथमको बारेमा पशु विज्ञहरुबाट स्थानिय कृषहरुमा तालिम समेत प्रदान गरिएको थियाे ।
उक्त कार्यक्रम संस्थाका प्रमुख व्यवसाय अधिकृत कमल पोख्रेलको सभापतित्व र स्थानिय निकायका प्रमुखहरुकाे प्रमुख आथित्यतामा संचालन गरिएको थियो ।
कार्यक्रम संस्थाका कोशी प्रदेश प्रमुख ऋषीराज परियारले संचालन गरेका थिए । स्थानिय निकायका प्रमुखहरुले कार्यक्रमको सफलताको सुभकामना व्यक्त गरेका थिए ।

वित्तिय संस्थाले स्थानिय तहमा गएर यस किसिमका किसानमुखी कार्यक्रम गरेकोमा धन्यबाद व्यक्त गरे । कार्यक्रममा स्थानिय पशु विज्ञहरुबाट पशुमा लाग्न सक्ने रोग र त्यसको निकारण साथै सफल पशुपालक कसरी बन्ने भन्ने बारेमा तालिम प्रदान गरिएको थियो ।
त्यस्तै निक्षेप तथा कर्जा सुरक्षण कोष पोखरा शाखाका कार्यालय प्रमुख रामचन्द्र पराजुलीबाट पशुपालक कृषकहरुलाई पशु विमा सम्बन्धी प्रशिक्षण गराएका थिए।
त्यस्तै संस्थाका असुली विभाग प्रमुख पुरनचन्द्र चापागाईले वित्तिय साक्षरता सम्बन्धि जानकारी गराएका थिए। यता सहभागी कृषहरुले संस्थाले यस किसिमको जानकारी मुलक कार्यक्रम गरेकोमा खुसी व्यक्त गरेका थिए।
जुन बेला आफुहरु लम्पी स्कीन नामक माहामारीले अतालिएको बेला पशु विज्ञ मार्फत त्यसको रोकथामको बारेमा तालिम प्राप्त गर्नु आफुहरुको लागी ठुलो उपलब्धीमुलक भएको उनिहरूले बताएका थिए ।