सूर्योदय वोमी लघुवित्त सहित ३ वटा संस्थाको संस्थापक सेयर बिक्री गर्दै एनआइसी एसिया

-



     सफल आवाज    
     श्रावण २४ गते २०८० मा प्रकाशित



काठमाडौं, २४ साउन। एनआइसी एसिया बैंकले पहिल्यै खरिद गरेकाे ३ वटा संस्थाको संस्थापक सेयर बिक्री गर्ने भएको छ।बैंकले सूर्योदय वोमी लघुवित्त, माहुली लघुवित्त र नागरिक लगानी कोषको सेयर अहिले बिक्री गर्ने भएको हो।

बैंकले सूर्योदय वोमी लघुवित्तको ८२ हजार १ सय ५ कित्ता संस्थापक सेयर बिक्री गर्न गोप्य सिलबन्दी आह्‍वान गरेको छ। उक्त सेयरको न्यूनतम मूल्य २ सय ३७ रुपैयाँ तोकेको छ। सेयर खरिद गर्न न्यूनतम १०० कित्ता वा अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिने बताइएकाे छ ।

यस्तै महुली लघुवित्तको ४ हजार ९ सय २० कित्ता संस्थापक सेयर पनि बिक्री गर्ने भएको छ। साे सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २ सय ७७ रुपैयाँ ताेकिएकाे छ। खरिद गर्नेले न्यूनतम ५०० कित्ता वा अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्ने बताइएकाे छ।

यस्तै एनआइसी एसियाले नागरिक लगानी कोषको ५० हजार कित्ता सेयर पनि बिक्री गर्ने भनेको छ। उक्त सेयरको मूल्य प्रतिकित्ता ७ सय ११ रुपैयाँ तोकेको छ। उक्त सेयर खरिदका लागि आज बुधबारदेखि १ साताभित्र आबेदन दिनुपर्ने बैकले जनाएकाे छ।