कालिका लघुवित्तको नाफा ४ करोड ६२ लाख

-



     सफल आवाज    
     श्रावण २५ गते २०८० मा प्रकाशित



काठमाडौं, २५ साउन । कालिका लघुवित्त वित्तीय संस्थाले ४ करोड ६२ लाख मुनाफा कमाएकाे छ । गत आर्थिक वर्षको असारकाे अन्त्यसम्ममा लघुवित्तले याे खुद नाफा कमाएकाे हाे ।

यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिकोभन्दा ६४.०१ प्रतिशतले कम रहेकाे छ। अघिल्लो आर्थिक वर्षमा याे नाफा १२ करोड ८४ लाख ९५ हजार रहेकाे थियो। खराब कर्जा बढेकाे र खुद ब्याज आम्दानी घटेकोले लघुवित्तको खुद नाफा प्रभावित भएकाे बताइएकाे छ।

संस्थाकाे खुद नाफा १३.४८ प्रतिशतले तथा अन्य सञ्चालन आम्दानी २७.५१ प्रतिशतले घटेको देखिन्छ। कुल सञ्चालन आम्दानी १६.३६ प्रतिशतले र सञ्चालन मुनाफा ६४.०४ प्रतिशतले घटेको छ। खराब कर्जा बढेकाे छ । याे ३.११ प्रतिशतबाट बढेर ४.१३ प्रतिशत भएकाे छ। वितरणयोग्य मुनाफा रुपैयाँ ३ करोड ६० लाख रहेको छ।

लघुवित्तको इपीएस आम्दानी २८ रुपैयाँ ६५ पैसा घटेर १२ रुपैयाँ ४२ पैसामा कायम भएकाे छ। मूल्य आम्दानी रेसियाे ५९.२६ गुणा हुँदा नेटवर्थ १४९ रुपैयाँ ७ पैसा छ।

संस्थाकाे चुक्ता पूँजी ३७ करोड २३ लाख रुपैयाँ रहेकाे छ । जगेडा कोषमा १८ करोड २६ लाख ९१ हजार रहेकाे छ। लघुवित्तकाे निक्षेप र सापटी २.२० प्रतिशतले घटेको छ । कर्जा लगानीमा २.१२ प्रतिशतकाे गिरावट भएकाे देखिन्छ।