
काठमाडौं, २५ साउन । मल्टीपर्पस फाइनान्सले हकप्रद सेयर बिकीमा ल्याउने भएकाे छ । फाइनान्सले भदौ १० गतेदेखि हाल कायम रहेकाे चुक्ता पूँजीको ३५ प्रतिशत हकप्रद बिक्रीमा ल्याउने भएकाे हाे ।
फाइनान्सका अनुसार १०० कित्ता बराबर नयाँ ३५ कित्ता सेयर निष्काशन गरिने भएकाे छ । हाल कायम रहेकाे चुक्ता पूँजी ४५ करोड २० लाख रुपैयाँको ३५ प्रतिशतले १५ करोड ८२ लाख रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित दरकाे १५ लाख ८२ हजार कित्ता जारी हुनेछ ।
सेयर निष्काशनकाे प्रयोजनका लागि फाइनान्सले साउन १२ मा बुकक्लोज गरिसकेकाे छ । यसमा साउन ११ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा सेयर काराेबार गरेर कायम भएका शेयरधनीहरुले आवेदन दिन पाउनेछन्। लगानीकर्ताले भदौ ३१ गतेसम्म आवेदन दिन पाउने भएका छन्
सेयरमा लगानी गर्न इच्छुक लगानीकर्ताले मुक्तिनाथ क्यापिटल, मल्टीपर्पस फाइनान्स र मुक्तिनाथ विकास बैंकका तोकिएका शाखाहरुबाट आवेदन दिन पाउनेछन्। साथै सेबाेनबाट अनुमति लिएका सिआस्वा सदस्सेय रहेका बैंक तथा वित्तीय संस्था र मेराे शेयर अनलाइनबाट आवेदन दिन पाइने सुविधा रहेकाे छ।
रुपैयाँ ४२ करोड २० लाख चुक्ता पूँजी रहेकाे फाइनान्सको हकप्रद सेयर बिक्री भएपछि चुक्ता पूँजी रुपैयाँ ६१ करोड २ लाख रुपैयाँ हुने भएकाे छ ।
हकप्रदबाट जम्मा भएकाे रकमबाट २ करोड रुपैयाँ तरलता कायम गर्नका लागि राष्ट्र बैंकमा मौज्दात हुनेछ । रुपैयाँ ३ करोड ८२ लाख रुपैयाँ कर्जामा प्रवाह हुनेछ । रुपैयाँ २ करोड शाखा विस्तारका लागि र बाँकी रहने रुपैयाँ ८ करोड सरकारी ऋणपत्र खरिदका लागि रहने भएकाे छ । फाइनान्सकाे सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




