रिलायबल नेपाल लाइफकाे आईपीओमा आवेदन दिने आज अन्तिम दिन

-



     सफल आवाज    
     श्रावण २६ गते २०८० मा प्रकाशित


काठमाडौं, २६ साउन । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सकाे सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेको छ। कम्पनीले साउन २३ गतेदेखि प्रिमियममा प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा १५७ रुपैयाँ थपेर प्रतिशेयर २५७ रुपैयाँमा सेयर बिक्रीमा ल्याएकाे थियाे ।

जारी पूँजी रुपैयाँ ४ अर्बको ३० प्रतिशतले हुने १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता सेयर बिक्रीमा ल्याइएकाे थियाे । यसमा १२ लाख कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीका लागि बाँडफाँड भइसकेकाे छ ।

यस्तै ६ लाख कित्ता सामूहिक लगानी कोषका लागि रहेकाे छ । ६ लाख कित्ता सेयर कर्मचारीहरुका लागि रहेकाे छ । सेयर भर्न चाहने इच्छुङ्क सर्वसाधारण लगानीकर्ताले ९६ लाख कित्ता सेयरका लागि आवेदन दिन पाउनेछन्। लगानीकर्ताले घटीमा १० तथा बढीमा ५ हजार ४०० कित्ताका लागि आवेदन दिन पाउनेछन्।

लगानीकर्ताले सेबाेनबाट स्वीकृति लिएका सिआस्बा सेवामा रहेका बैंक तथा वित्तीय संस्थाहरु र शाखा कार्यालयहरु तथा मेरो शेयर अनलाइनबाट आवेदन दिन पाउनेछन्। सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ।