सानिमा माई हाइड्रोकाे नाफामा २५.४४ प्रतिशतले गिरावट

-



     सफल आवाज    
     श्रावण २६ गते २०८० मा प्रकाशित


काठमाडौं, २६ साउन । सानिमा माई हाइड्रोपावरकाे नाफा घटेकाे छ । याे नाफा २५.४४ प्रतिशतले घटेको हो । कम्पनीले गत आर्थिक वर्षको असारकाे अन्त्यसम्ममा ४० करोड ७२ लाख २१ हजार रुपैयाँ खुद नाफा कमाएको देखिन्छ ।

कम्पनीकाे याे नाफा अघिल्लो वर्षको सोही अवधिकोभन्दा २५.४४% ले कमि हो । अघिल्लाे वर्ष कम्पनीले रुपैयाँ ५४ करोड ६१ लाख ७० हजार नाफा गरेकाे थियो । 

विद्युत बिक्रीबाट हुने आम्दानी १८.३४% ले घटेपछि नाफामा असर देखिएकाे हाे । ७६ करोड ३५ लाख ११ हजार रुपैयाँमा आएपछि खुद नाफामा त्यसकाे प्रभाव परेकाे हाे । अघिल्लो वर्ष विद्युत बिक्रीबाट ९३ करोड ५० लाख २६ हजार रुपैयाँ आम्दानी भएकाे थियो । कम्पनीको खर्च पनि बढेकाे छ । परियाेजना खर्च ८ करोड ८८ लाख रुपैयाँमा बढेर ९ करोड ५८ लाख रुपैयाँ भएकाे छ । 

कम्पनीकाे चुक्ता पुँजी ३ अर्ब ८ करोड ९२ लाख ५१ हजार रुपैयाँ रहेको छ । रिटेन अर्निङमा १ अर्ब १६ करोड ९० लाख रुपैयाँ र जगेडामा रुपैयाँ १ अर्ब २९ करोड ५० लाख रहेको छ । एपिएस घटेकाे छ । यस्ताे आम्दानी ४.५ रुपैयाँले घटेर १३.१८ रुपैयाँ कायम भएकाे छ । नेटवर्थ १७९.७६ रुपैयाँ छ ।