
काठमाडाैं, २६ साउन । लगातारकाे वर्षासगैं र सरसफाइको अपर्याप्तताका कारण देशका बिभिन्न स्थानमा डेंगुका बिरामी बढिरहेका छन् । स्वास्थ्य मन्त्रालयकाे इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार ७४ जिल्लामा ११ हजार जनाकाे हाराहारीमा संक्रमण देखिएको छ । याे राेगबाट हालसम्म ८ जनाको मृत्यु भइसकेको छ।
मनसुनको वर्षा र सरसफाइको अपर्याप्तताले रोगको प्रकोप बढेको महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासिनीले बताएका छन । चलिरहेको याे प्रवृत्ति कायम रहेमा अगस्ट–सेप्टेम्बरमा संक्रमण चरम सीमामा पुग्ने अनुमान गरिएको छ। गत बर्ष २०२२ मा देशभर डेंगु संक्रमणबाट ८८ जनाकाे मृत्यु भएकाे थियाे।
डेंगु संक्रमण एडिस एजिप्टाई र एडिस एल्बोपिक्टस नामक लामखुट्टेको कारणले हुने बिशेषज्ञहरूले बताएका छन। यसले सफा पानीको संचयमा प्रजनन गर्ने भएकाले घर वरपर पानी जम्न नदिने र सरसफाइमा ध्यान दिन अपिल गरिएकाे छ।
हालसम्मकाे तथ्याङ्क अनुसार सङ्क्रमित जिल्लामध्ये सुनसरीमा सबैभन्दा बढी सङ्क्रमित भएका छन् । याे रोगबाट बच्न रातिको समयमा घरका झ्यालढाेकामा जालीको प्रयोग गर्न, खेतबारीमा काम गर्दा फुल बाहुलाको लुगा लगाउन सरकारले सबैलाई आग्रह गरेको छ ।
त्यसैगरी लामखुट्टे भगाउने कुण्डल, तरल पदार्थ वा मलमको प्रयोग, घरपालुवा जनावरको उचित व्यवस्थापन र पोखरी हटाउन सिफारिस गरेको छ ।