बेलायती प्रधानमन्त्री सुनकलाई हिमालय जेटका अध्यक्ष गुरुङले दिए नेपाल भ्रमणकाे निम्ताे

-



     सफल आवाज    
     श्रावण २७ गते २०८० मा प्रकाशित


काठमाडाैं,२७ साउन ।  नेपालकाे पाेखरामा जन्मिएर हाल बेलायतमा बसाेबास गरिरहेका नेपाली मूलका बेलायती व्यवसायी दीपेन्द्र गुरुङले त्यहाँका प्रधानमन्त्री ऋषि सुनकलाई नेपाल भ्रमणकाे निम्ताे दिएका छन।

बेलायती प्रधानमन्त्री सुनक र व्यवसायी दिपेन्द्र गुरुङबीच बेलायतको राजधानी लन्डनमा भएकाे भेटका क्रममा गुरुङले सुनकलाई बिदा मनाउन नेपाल भ्रमणकाे निम्ताे गरेका हुन्।

भेटमा गुरुङले हिमालय जेटले नेपालमा उडान सुरु गर्नासाथ समय मिलाएर पशुपतिनाथ दर्शन र हिमाल अवलोकनका लागी नेपाल भ्रमण गर्न प्रधानमन्त्री सुनकलाई अनुराेध गरेकाे हिमालय जेट सचिवालयले जनाएकाे छ।

साे क्रममा प्रधानमन्त्री सुनकले गुरूङकाे अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय जेटको उडान सुरूवातबारे जिज्ञासा राखेका थिए। हिमालय जेटले कहिलेबाट उडान भर्छ ? प्रधानमन्त्री सुनकले प्रश्न गरेका थिए । उनले नयाँ वायुसेवा कम्पनी हिमालय जेटलाइ बेलायती सरकारकाे पुर्ण साथ र सहयाेग रहने समेत बताएकाे हिमालय जेटका अध्यक्ष दिपेन्द्र गुरूङले सफल आवाजलाई बताएका छन।

साे भेटमा प्रधानमन्त्री सुनकसगँ हिमालय जेटको उडानकाे तयारी सहित अन्य व्यावसायिक वार्ता समेत भएको हिमालय जेटका अध्यक्ष दिपेन्द्र गुरूङले बताएका छन।

सफल आवाज डटकमसँगकाे टेलिफाेन वार्तामा अध्यक्ष गुरूङले बेलायतमा ठुलाे लगानीमा नयाँ व्यवसाय शुरू गरिरहदा बेलायती सरकारका प्रधानमन्त्री सुनकले चासाे राखेकाेमा खुसी ब्यक्त गर्दै याे भेटवार्ताले आफुलाई थप हाैसला मिलेकाे बताए ।

प्रधानमन्त्री सुनकको जिज्ञासा मेटाउदै व्यवसायी गुरुङले सन् २०२३ भित्रै हिमालय जेटले औपचारिक उडान सुरु गर्ने बताएका थिए। गुरूङका अनुसार सेप्टेम्बरमा जेटले परिक्षण उडान गर्ने तयारी गरिरहेकाे छ ।

हिमालय जेटले सन २०२५ बाट लसभेगास, मन्टेकार्लाे र मकाओका लागि नियमित व्यवसायिक उडान गर्ने तयारी गरेकाे गुरुङले बताएका छन। नेपालका लागि भने यो वर्षभित्रै सिधा चार्टर उडान गर्ने र विश्वका अन्य ३३ प्रमुख सहरमा थप उडान सञ्चालन गर्ने तयारी गरिरहेकाे गुरुङले जानकारी दिएका छन ।

व्यवसायी गुरुङले केही महिनाअघि लन्डनको हिथ्रो विमानस्थललाई आधार गरेर २०२३ सेप्टेम्बरबाट विश्वव्यापी नियमित उडान गर्ने घोषणा गरेका थिए। यसका लागि आवश्यक तयारी तीव्र गतिमा अगाडी बढाएकाे बताइएकाे छ। हिमालय जेटले १८ वाइड बडी जहाजबाट लामो दुरीका गन्तव्यमा सिधा उडान भर्ने जनाएको छ। तस्विर : हिमालय जेट सचिवालय, युके