
काठमाडौं, ३१ साउन । नेरुडे लघुवित्त वित्तीय संस्थाकाे नाफा र इपीएस दुबै घटेकाे छ । संस्थाकाे प्रकाशित गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार खुद नाफा र इएिपएस आम्दानी घटेको हाे।
यस अवधिमा संस्थाले ५ करोड ७८ लाख रुपैयाँ नाफा आर्जन गरेकाे छ। यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिकोभन्दा ७२.७७ प्रतिशतले कमी देखिएकाे छ ।
अघिल्लो वर्ष २१ करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो संस्थाकाे खुद ब्याज आम्दानी घटेको छ । खराब कर्जामा भएकाे बृद्धिले गर्दा इम्पेरमेन्ट फि बढेपछि नाफा हुनमा असर गरेकाे हाे ।
खुद ब्याज आम्दानी ३१.१२ प्रतिशतले, कुल सञ्चालन आम्दानी २४.५८ प्रतिशतले र सञ्चालन मुनाफा ७२.१० प्रतिशतले घटेको वित्तीय विवरणमा उल्लेख छ । संस्थाकाे वितरणयोग्य मुनाफा रुपैयाँ ४ करोड ९८ लाख रहेको छ। निष्क्रिय कर्जा ४.७४ प्रतिशतले बढेर ५.०५ प्रतिशत भएकाे छ। इम्पेरमेन्ट चार्ज बढेर रुपैयाँ १ करोड ९१ लाख कायम भएकाे छ।
संस्थाकाे इपिएस घटेको छ। याे आम्दानी २७ रुपैयाँ ५३ पैसा घटेर ७ रुपैयाँ ९१ पैसा कायम भएकाे छ। नेटवर्थ १७५ रुपैयाँ ३५ पैसा र मूल्य आम्दानी रेसियाे ८६.९८ गुणा छ।
संस्थाकाे चुक्ता पूँजी ७३ करोड २० लाख रुपैयाँ रहेकाे छ । चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ५५ करोड १५ लाख रुपैयाँ सञ्चित छ। सो अवधिसम्ममा लघुवित्तले ८ अर्ब ३२ करोड ५६ लाख निक्षेप तथा सापटीबाट १० अर्ब ५ करोड ७४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




