
काठमाडौं, ३१ साउन । कालिञ्चोक दर्शन लिमिटेडकाे खुद नाफामा बृद्धि भएकाे छ । कम्पनीकाे सार्वजनिक भएकाे गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरणका अनुसार कम्पनीकाे नाफामा ११४.९९ प्रतिशतले बृद्धि भएकाे हाे ।
कम्पनीले गत आर्थिक वर्षको असारकाे अन्त्यसम्म रुपैयाँ ३ करोड १९ लाख खुद नाफा कमाएकाे छ। यो नाफा अघिल्लो आर्थिक वर्षको सोही समयकाेभन्दा ११४.९९ प्रतिशत बढी पाइएकाे छ ।
अघिल्लो वर्षमा कम्पनीकाे साे नाफा रुपैयाँ १ करोड ४८ लाख थियाे । कालिञ्चाेक क्षेत्र पर्यटीय क्षेत्र पनि भएकाेले काेराेनाकाे सङ्क्रमण घटेपछि पर्यटकको आगमन बढेपछि आम्दानीमा सुधार भएकाे हाे ।
सञ्चालन आदानी ३३.८२ प्रतिशतले बढेकाे छ । याे बढेर ७ करोड ५९ लाख भएकाे छ। कम्पनीकाे कुल आम्दानी ३५.०१ प्रतिशतले बढेर ६ करोड ८२ लाख रुपैयाँ रहेकाे छ भने अन्य आम्दानी ४८.६० प्रतिशतले बढेको छ । कम्पनीकाे कुल खर्चमा ३८.९८ प्रतिशतले बृद्धि भएकाे छ।
इपिएस पनि बढेकाे छ। याे आम्दानी २ रुपैयाँ २३ पैसा बढेर ५ रुपैयाँ ३२ पैसा कायम भएकाे छ। नेटवर्थ ९६ रुपैयाँ ९९ पैसा रहेको छ । मूल्य आम्दानी रेसियाे १५७ गुणा छ। कम्पनीको चुक्ता पूँजी ६० करोड रुपैयाँ छ । जसकाे जगेडा कोषमा १ करोड ८० लाख रुपैयाँ ऋणात्मक देखिएकाे छ।