
काठमाडौं, ३२ साउन । मुलुकभर पशुचौपायामा महामारीका रूपमा फैलिएको लम्पी स्किन रोगविरुद्धको खोप नेपालमै उत्पादन गर्ने प्रक्रियाको थालनी गरिएको छ ।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयले मुलुकमै उक्त खोप उत्पादन गर्न आवश्यक ‘मास्टर सिड भाइरस’ र खोप उत्पादन प्रविधि उपलब्धताका लागि विभिन्न मुलुक तथा दातृ निकायसँग समन्वय गरिरहेको जनाएको छ । यसका लागि प्रस्तावको मस्यौदा तयार गरी विभागबाट मन्त्रालयमा पेश गरिएको छ ।
कृषिमन्त्री डा वेदुराम भुसालले हालैको आफ्नो भारत भ्रमणका क्रममा भारतीय समकक्षी तथा अन्य सरोकारवाला निकायसँग भएको समन्वयमा स्वदेशमै लम्पी स्किन रोगविरुद्धको खोप उत्पादन गर्न आवश्यक ‘मास्टर सिड भाइरस’ निःशुल्क उपलब्ध गराउन समन्वय भएको जानकारी गराए ।
प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आजको बैठकमा उहाँले भन्नुभयो, “यसका लागि निरन्तर पहल भइरहेको छ, आगामी दिनमा पनि लिम्पी स्किन रोगको सङ्क्रमण फैलिन नदिन मुलुकभित्रै आवश्यक मात्रामा खोप उत्पादन गर्ने तयारीमा लागेका छौँ ।”
लम्पी स्किन रोगको हालको प्रकोप नियन्त्रणका लागि नेपाल कृषि अनुसन्धान परिषद्लगायत अन्य क्षेत्रका विज्ञ प्राविधिकसमेतको उपस्थितिमा यस रोग नियन्त्रणका लागि लम्पी स्किन (निसिङ स्ट्रेन) खोपको अतिरिक्त ‘गोट पक्स’ खोप आयात र प्रयोग गर्न सहमति दिइएको छ ।
“राष्ट्रव्यापी रूपमा बृहत् खोप कार्यक्रम सञ्चालन गर्न लम्पी स्किन रोगविरुद्धको खोप निःशुल्क उपलब्ध गराउन छिमेकी राष्ट्र भारत र चीनसँग समन्वय गरिएको छ”, मन्त्री डा भुसालले भने। हाल जोर्डन, तान्जानियाँ र टर्कीबाट विभिन्न पैठारीकर्ताहरूले यसको खोप आपूर्ति गरिरहेका छन् । खोप आयातका लागि पशु सेवा विभागमा आवेदन प्राप्त हुनासाथ तत्काल पैठारीका लागि अनुमति दिने प्रक्रियालाई सुरू गराइएको छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




