गरिमा बैंकबाट ११.९९ प्रतिशत निश्चित व्याजदरमा गरिमा सरल घर कर्जा र एसएमई आवधिक कर्जा पाइने

-



     सफल आवाज    
     श्रावण ३२ गते २०८० मा प्रकाशित


काठमाण्डाै, ३२ साउन । गरिमा विकास बैंक लिमिटेडले हरेक नेपालीहरुको “आफ्नै घर–आफ्नै व्यवसाय” को सपनालाई साकार पार्ने उद्देश्य सहित ११.९९ प्रतिशत ब्याजदरमा गरिमा सरल घर कर्जा र गरिमा सरल एसएमई आवधिक कर्जा सार्वजनिक गरेको छ । कर्जा सम्बन्धी सम्पूर्ण कागजात पेश गरेको २ कार्यदिनभित्र स्वीकृत हुने गरिमा सरल घर कर्जा र गरिमा सरल एसएमर्ई कर्जाको ब्याज ७ वर्षसम्म निश्चित (Fixed) ११.९९ प्रतिशत रहने बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीले सफल आवाजलाई बताएका छन ।

११.९९ प्रतिशतको निश्चित तथा आर्कषक ब्याजदरमा घर खरिद वा निर्माण गर्नको लागि गरिमा सरल घर कर्जा र व्यवसाय/उद्यम सुरुवात वा विस्तार गर्ने प्रयोजनको लागि गरिमा सरल एसएमई आवधिक कर्जा सुविधा लिन इच्छुक ग्राहक महानुभावहरुलाई आफुलाई पायक पर्ने गरिमा विकास बैंकको शाखा कार्यालयमा सम्पर्क गर्न बैंकले अनुरोध गरेको छ ।

हाल गरिमा विकास बैंक लिमिटेडले देशभर १२१ शाखा कार्यालय, ५० एटीएम र डिजिटल बैंकिङ्ग मार्फत ग्राहक महानुभावहरुलाई अत्याधुनिक र गुणस्तरिय सेवा प्रदान गर्दै आईरहेको छ ।