
वासिङ्टन डिसी, २ भदौ । अन्य अमेरिकी नेताहरू भन्दा एकदम फरक विचारका साथ भारतीयमूलका अमेरिकी सांसद विवेक रामास्वामीले रुस–युक्रेन द्वन्द्व मस्कोलाई डोनबास क्षेत्र र किएभलाई नाटोमा सामेल नगर्ने शर्तमा अन्त्य गर्न सकिने बताएका छन् ।
केबल न्युज नेटवर्कसँगको कुराकानीमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले द्वन्द्व अन्त्य गर्न चीनसँगको आफ्नो सैन्य गठबन्धन छोड्नुपर्ने तर्क गर्दै सांसद रामास्वामीले रुस–चीन सैन्य गठबन्धन अमेरिकाको लागि सबैभन्दा ठूलो खतरा भएको बताए ।
अमेरिकी आगामी राष्ट्रपतीय चुनावमा रिपब्लिकन प्राइमरीमा डोनाल्ड ट्रम्पविरूद्ध लड्ने तयारीमा रहेका उनले आफू राष्ट्रपतिनिर्वाचित भएपछि मस्को भ्रमण गर्ने बताउँदै चिनियाँ राष्ट्रपति सी चिनफिङको साथ छाड्न रुसी राष्ट्रपतिलाई मनाउनुपर्नेमा जोड दिए ।
युक्रेनसँगको अमेरिकी संलग्नताले रुसलाई ‘चिनियाँ हतियार’तर्फ धकेलिरहेको बताउँदै उनले पुटिन आधुनिक चीनका निर्माता माओत्से तुङजस्तै भएकाले उनलाई चीनसँगको सैन्य गठबन्धनबाट बाहिर निकाल्न अपरिहार्य भएको बताए । “हामीले पुटिन पनि नहारुन्, हाम्रो पनि पराजय नहोस्” भन्ने हिसाबले अमेरिकाले काम गर्नुपर्ने उनले बताए ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




