
काठमाडौं, ४ भदौ । भारतीय कलाकार सनी देओलको घर आज लीलामी हुनबाट जाेगिएकाे छ । बैंक अफ बरोदाले आईतबार सूचना जारी गरेर सोमबार सनी भिल्ला लीलामी गरिने जनाएको थियो ।
यो विषयलाई लिएर एक कांग्रेस नेताले आक्रोस व्यक्त गरेका छन् । आज लीलामी हुन लागेको सनीको बंगलोलाई लिलामी हुनबाट जोगाउन किन जारी भएको नोटिस फिर्ता लिईयो ? कांग्रेस नेता जयराम रमेशले प्रश्न उठाएका छन् । यो मामला २४ घन्टाभित्र कसरी संभव भयो उनले भने । उनले विजेपीका सांसद समेत रहेका सनी देओललाई कुन जुक्तिले राहत मिल्यो भनेका छन् ।
सनीको मुम्बईको जुहुमा रहेको बंगलो लीलामीको सूचनालाई फिर्ता लिईनुकाे कारण प्राविधिक भनिएको छ । तर बैंकले लिएको एक्सन फिर्तालाई लिएर कांग्रेस क्रुद्ध बनेको छ ।
सरकारी बैंक, बैंक अफ बरोदाले निकालेको सूचना अनुसार उनको बंगलो आज लीलामी गरिने भनिएको थियो । उनले बैंकबाट लिएको ५६ करोड ऋणको साँवा व्याज बुझाएका छैनन् । बैंकले सोमबार लीलामी हुने भनेर आईतबार सूचना जारी गरेको थियो ।