
काठमाडौं, ७ भदाै । भारतले चन्द्रयान–३ लाई चन्द्रमाको दक्षिण धुव्रमा सफलतापूर्वक अवतरण गरेपछि उसले अहिले उसका छिमेकी तथा अन्य देशहरुले सफलताकाे लागि वधाइ दिएका छन् । नेपाल लगायतका दक्षाण एशियाली मुलुकका राष्ट्र प्रमुख तथा प्रधानमन्त्रीहरुले वधाइ दिएका हुन् ।
भारत साे यान दक्षिणी ध्रुवमा सफलतापूर्वक पुर्याउने पहिलो देश बनेकाे छ । नेपाली समय अनुसार बुधबार साँझ ६ः१९ बजे साे यान चन्द्रमामा अवतरण गरेकाे हाे । केही दिन अघि मात्रै रुसले चन्द्र यान पठाउने प्रयास गरेकाे थियाे तर रुस सफल भएन ।
भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इसरो) ले ४० दिनअघि यानलाई प्रक्षेपण गरेको थियो । यस अवतरणसँगै भारत चन्द्रमाको दक्षिण धुव्रमा यान अवतरण गराउने पहिलो र चन्द्रमाको सतहमा चन्द्रयान सफलतापूर्वक अवतरण गर्ने चौथो मुलुक बन्न सफल भएकाे छ ।