ग्रामीण विकास लघुवित्तकाे नाफामा १७.२२ प्रतिशतले बृद्धि

-



     सफल आवाज    
     भाद्र ७ गते २०८० मा प्रकाशित


काठमाडौं, ७ भदाै । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले ६ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएकाे छ ।

संस्थाकाे प्रकाशित गत आर्थिक वर्षको चौथो त्रैमाससम्मकाे वित्तीय विवरणका अनुसार साे नाफा कमाउन सफल भएकाे हाे । जाे अघिल्लो वर्षकोभन्दा १७.२२ प्रतिशतले बढी हाे ।

कम्पनीकाे अघिल्लो वर्षकाे साेहि अवधिकाे नाफा रुपैयाँ ५ करोड ८७ लाख रहेकाे थियो । संस्थाकाे खुद ब्याज आम्दानी र सञ्चालन नाफामा भने गिरावट भएकाे छ । 

संस्थाकाे खुद ब्याज आम्दानी २.०५ प्रतिशतले घटेकाे छ । यसरी घटेकाे साे आम्दानी रुपैयाँ १ अर्ब २३ करोड रुपैयाँ कायम भएकाे छ । अघिल्लो वर्ष उक्त आम्दानी रुपैयाँ १ अर्ब २६ करोड थियाे ।

सञ्चालन नाफामा ४३.४८ प्रतिशतले घटेर रुपैयाँ १० करोड ३६ लाख रहेकाे छ । संस्थाकाे अघिल्लो वर्षकाे सञ्चालन नाफा रुपैयाँ १८ करोड ३८ लाख थियो । असारकाे अन्त्यसम्म यसकाे इपीएस आम्दानी ७ रुपैयाँ २२ पैसा रहेकाे छ । नेटवर्थ २०७ रुपैयाँ ८८ पैसा रहेकाे छ ।