भिजन लुम्बिनी ऊर्जाले पायाे आइपीओ निष्कासन अनुमति

-



     सफल आवाज    
     भाद्र ७ गते २०८० मा प्रकाशित


काठमाडौं, ७ भदाै। भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले आइपीओ निष्कासनको लागि स्विकृति पाएको छ। नेपाल धितोपत्र बोर्डले गत भदौ ५ गते आइपीओ निष्कासनको अनुमति दिएकाे हाे। कम्पनीले जारी पुँजीको २० प्रतिशत सेयर निष्कासन गर्ने स्वीकृति पाएको बताइएकाे छ।

बोर्डबाट शेयर निष्कासनको अनुमति पाएकाे यस जलविद्युत कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले बिक्री गर्ने गरी छिटै ३८ करोड २५ लाख बराबरको ३८ लाख २५ हजार कित्ता सेयर निष्कासन गर्ने तयारी थालेकाे छ। याे आयोजना कास्कीकाे माछापुच्छ्रे गाउँपालिका-२ सार्दिखोलामा रहेको छ।

भिजन लुम्बिनी ऊर्जा कम्पनीले कास्कीमा २५ मेगावाटको सेती नदी जलविद्युत आयोजना निर्माण गरिरहेको छ। कम्पनीका अनुसार हालसम्म आयोजनाकाे ९० प्रतिशत काम समेत सकिएको कंपनीका अध्यक्ष जगत पाेख्रेलले बताए।