पत्रकार थुन्ने म्याद बढाएकामा मस्कोको निन्दा

-



     सफल आवाज    
     भाद्र ७ गते २०८० मा प्रकाशित


बर्लिन, ७ भदौ । जर्मनीले वाल स्ट्रिट जर्नलका पत्रकार इभान गेर्शकोविचलाई तीन महिना हिरासतमा राख्ने रुसी अदालतको निर्णयको निन्दा गरेको छ ।

विदेशमन्त्री एनालेना बेरबकले मस्कोको यो निर्णयलाई ‘क्रुर’ प्रणालीको उदाहरण भएको बताउँदै उनलाई निःशर्त थुनामुक्त गर्न माग गरे।

पत्रकार गेर्शकोविचलाई जासुसीको आरोपमा गत मार्चमा पक्राउ गरिएको थियो । उनले आफूमाथि लगाइएको आरोपको खण्डन गरेका छन् । मस्कोस्थित कारागारमा उनलाई राखिएको छ । उनीमाथि लगाइएको अभियोगमा आज भएको सुनुवाइका बेला अदालतमा कुनै पनि पत्रकारलाई प्रवेश दिइएको थिएन ।

मखुण्डोलगाएका सुरक्षाकर्मीले हथकडी लगाएका उनलाई अदालतमा लिएर गएका थिए । रुसले उनीमाथि लगाइएका आरोपको कुनै प्रमाण दिएको छैन । यसैबीच, अमेरिकी राष्ट्रपति जो बाइडेनले पत्रकार गेर्शकोविचलाई बिना शर्त तत्काल रिहा गर्न माग गरेका छन् ।