मेगा स्टक मार्केट्सबाट लगानीकर्ताले आजदेखि कारोबार गर्न सक्ने

-



     सफल आवाज    
     भाद्र १० गते २०८० मा प्रकाशित


काठमाडौं, १० भदाैं। मेगा स्टक मार्केट्स लिमिटेडले धितोपत्र ब्राेकर सेवा शुरु गरेको छ । मेगा स्टकले धितोपत्र ब्राेकरकाे सदस्य नम्बर ७५ बाट ब्राेकर सेवा शुरु गरेको हाे।

स्टक मार्केट्सको उद्घाटन लगत्तै आज आइतबारदेखि लगानीकर्ताले ब्रोकर खाता खोली कारोबार गर्न सक्ने मेगा स्टक मार्केट्स लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत शुलभ श्रेष्ठले बताएका छन ।

नेपाल धितोपत्र बोर्डबाट पूर्ण कार्य गर्ने धितोपत्र ब्राेकर सेवाको अनुमति, नेपाल स्टक एक्सचेञ्ज लिमिटेडबाट धितोपत्र ब्राेकर सदस्य नं ७५ र सिडिएस एण्ड क्लियरिङ्ग लि.को राफसाफ सदस्यता लिई आवश्यक प्रक्रिया पुरा गरेर मेगा स्टकले सेवा शुरु गरेको बताइएकाे छ ।

धितोपत्र ब्राेकर सेवा शुभारम्भका अवसरमा कम्पनीले सुशासन सहित उच्च प्रविधिको प्रयोगबाट लगानीकर्ताहरुलाई छिटो र सरल ग्राहकमैत्री सेवा दिने प्रतिवद्धता व्यक्त गरेको छ । धितोपत्र ब्राेकर सेवालाई विकेन्द्रीकरण गर्ने र पूँजीबजारको विकासलाई टेवा पुर्याउँदै कम्पनीलाई शीर्ष धितोपत्र व्यवसायी बनाउनेमा केन्द्रीत रहने मेगा स्टक मार्केट्सले जनाएको छ ।