नेप्सेमा २०.५४ अंकको गिरावट, १ अर्ब बढीको कारोबार

-



     सफल आवाज    
     भाद्र १० गते २०८० मा प्रकाशित



काठमाडौं, १० भदौ । साताको सेयर कारोबार हुने पहिलो दिन आईतबार नेपाली सेयर बजार ओरालोको यात्रामा गएको छ । एउटा उपसमूह बाहेक बाँकी १२ वटैमा रातो लागेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २०.५४ अङ्कले घटेर १९९३.५४ विन्दुमा झरेको छ । नेप्सेमा १.०२ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ३.४४ अङ्कले घटेर ३८२.११ विन्दुमा पुगेको छ ।

यसदिन १३ वटा उपसमूहहरूमध्ये एउटा बाहेक १२ वटा उपसमूहहरू राताम्मै भएका छन् । कुल २८० कम्पनीहरूको सेयर कारोबार भएको छ । उनीहरूको ३८ लाख ९५ हजार २३६ कित्ता सेयरको खरिदबिक्रीबाट १ अर्ब २६ करोड २७ लाख ६७ हजार ८७६ रूपैयाँ ५५ पैसा बराबरको कारोकार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर कारोबार भएको छ । कम्पनीको ७ करोड ४६ लाख ८९ हजार ४१ रुपैयाँ ६० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडो सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य ९.६३ प्रतिशतले घटेको हो ।