नेप्सेमा सामान्य अंकको बृद्धि, करिब १ अर्बको कारोबार

-



     सफल आवाज    
     भाद्र ११ गते २०८० मा प्रकाशित


काठमाडौं, ११ भदौ । साताको सेयर कारोबार हुने दोश्रो दिन सोमबार नेपाली सेयर बजारमा सकारात्मक माहोल देखिएको छ । आज नेप्से सामान्य अंकले उकालो लागेको छ ।

केहि दिन नकारात्मक लयमा गएको सेयर बजार अब त सकारात्मक लयमा फर्कियो कि भन्ने अपेक्षा गरिएको छ । तर यो अपेक्षा बितेका दुई वर्षदेखि उस्तै देखिन्छ भने सुधारको स्पष्ट यात्रा तय हुन सकेको छैन । कारोबार रकममा पनि उल्लेखनीय प्रगति भएको छैन ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५.०९ अंकले बढेर १९९८.४८ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.२५ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स १.४५ अंकले बढेर ३८३.५६ विन्दुमा पुगेको छ ।

१३ वटा उपसमूहहरुमध्ये चार वटामा रातो लागेको छ । बाँकी ९ वटामा हरियो लागेको छ । यसदिन कुल २७९ कम्पनीहरुको सेर खरिदबिक्री भएको छ । उनीहरुको ३६ लाख ५१ हजार ५९८ कित्ता सेयरको खरिदबिक्रीबाट ९७ करोड ९५ लाख ९१ हजार ७९४ रुपैयाँ ६४ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी लक्ष्मी सनराईज बैंक लिमिटेडको कारोबार भएको छ । बैंकको ७ करोड ३१ लाख ७९ हजार ५५९ रुपैयाँ बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै कुथेदी बुखारी स्मल हाइड्रोपावर कम्पनी लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य ४.३८ प्रतिशतले घटेको हो ।