
काठमाडौं, १३ भदाै । माछापुच्छ्रे बैंकले लाभांश वितरण गर्ने भएकाे छ । बैंकले जनाए अनुसार गत आर्थिक वर्षको नाफाबाट १४ प्रतिशत लाभांश दिने घाेषणा गरेकाे हाे ।
बैंकले आज जारी गरेकाे सूचना अनुसार १३.३ प्रतिशत बोनस सेयर र त्यसकाे कर प्रयाेजनका लागि ०.७० प्रतिशत नगदसहित १४ प्रतिशत लाभांश दिने निर्णय भएकाे हाे । यो घाेषणासँगै माछापुच्छ्रे बैंक वाणिज्य बैंकहरुमा लाभांश प्रस्ताव गर्ने पहिलाे बैंक बनेको छ ।
बैंकले प्रस्ताव गरेकाे लाभांश यसकाे नियामक निकाय नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको साधारण सभाले पारित गरेपछि वितरण गरिने भएकाे छ । बैंकले अघिल्लाे वर्ष सेयरधनीका लागि लाभांश वितरण गरेकाे थिएन ।