
काठमाडौं, १३ भदाै। मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) परियोजना औपचारिक रुपमा आजबाट कार्यान्वयनको चरणमा प्रवेश गरेको छ ।
बुधबार अर्थ मन्त्रालयमा सरोकारवालाहरूको उपस्थितिमा भएकाे कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महत र एमसीसीका कम्प्याक्ट सञ्चालन उपाध्यक्ष क्यामेरोन अल्फोर्डले पत्र आदानप्रदान गरी एमसीसी सुभारम्भकाे घाेषणा गरेका थिए। नेपाल र अमेरिकाबीच २०७४ भदौमा एमसीसी परियोजना अघि बढाउने सम्झौता भएको थियो।
एमसीसी अन्तर्गत ३ सय १५ किलोमिटर ४ सय केभी प्रसारणलाइन र ३ वटा सबस्टेसन तथा पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने ७१ किलोमिटर सडक आधुनिक प्रविधि प्रयोग गरेर मर्मत गर्ने याेजना रहेकाे बताइएकाे छ।

याे संम्झौताकाे बिषयमा विभिन्न राजनीतिक दलले विरोध गरेपछि सुरु हुन लामो समय लागेको थियाे। याे परियोजना ५० करोड अमेरिकी डलर अनुदानको रहेकाे छ। यसमा नेपालले थप १९.७ करोड डलर लगानी गर्नु पर्ने शर्त छ। ५ वर्षभित्र परियोजना नसकिए अमेरिकी सरकारले ५० करोड डलर अनुदान फिर्ता लैजाने संझाैतामा उल्लेख छ।
एमसीसीका उपाध्यक्ष अल्फोर्डले नेपाल सरकारसँग सहकार्य गर्न पाउँदा गौरवान्वित भएको बताएका छन। ‘नेपाली जनताका लागि व्यावसायिक अवसर सिर्जना गर्दै रणनीतिक सडक सञ्जालको मर्मतसम्भारमा सुधार गरेर तथा वातावरण संरक्षण गर्ने क्रममा विद्युत् आपूर्तिको विश्वसनीयतामा सुधार गर्ने र नेपालको आर्थिक वृद्धिलाई अगाडि बढाउन सहकार्य गर्न एमसीसी सधै तयार रहेकाे उनले बताए ।
नेपालका लागि अमेरिकी राजदूत डीन थम्पसनले अमेरिका र नेपालबीच ७५ वर्षदेखिकाे बलियो मैत्रीपूर्ण सम्बन्धमा एमसीसी नेपाल कम्प्याक्ट कोशेढुंगा सावित भएको बताए। नेपालको समृद्धिलाई उकास्दै विद्युत् तथा यातायातमा नेपाली जनताको पहुँचमा सुधार गर्ने बिश्वास ब्यक्त गरेका थिए ।








काठमाडौं, ५ मङ्सिर । तेस्रो प्रयासमा अन्ततः सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को…
काठमाडौं, ५ मङ्सिर। प्रधानमन्त्री वालेन्द्र शाह आइतबार दिउँसो भारतको राजकीय भ्रमणमा जानुहुने भएको छ ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले युवालाई उद्यमशीलता र…
पोखरा, ५ मंसिर । पोखरामा विद्यार्थी छात्र–छात्रा तथा खुला महिला–पुरुषतर्फको ५ किलोमिटर दौड प्रतियोगिता सम्पन्न… 




