सन नेपाल लाइफकाे सेयर बाँडफाँड सम्पन्न

-



     सफल आवाज    
     भाद्र १५ गते २०८० मा प्रकाशित



काठमाडौं, १५ भदौ । सन नेपाल लाइफ इन्स्योरेन्सले बिक्रीमा ल्याएकाे आईपीओकाे आज बिहान बाँडफाँड सम्पन्न भएको छ। उक्त सेयर बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा बाँडफाँड गरिएकाे हाे ।

इन्स्योरेन्सले साउन ३२ गतेदेखि भदौ ४ गतेसम्म सर्वसाधारणका लागि १३९ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २३९ रुपैयाँ दरमामा ७६ लाख ८० हजार कित्ता सेयर जारी गरेकाे थियो। सेयमरमा मागभन्दा २.१३ गुणा बढी लगानीकर्ताले आवेदन पेश गरेका थिए ।

बिक्री प्रबन्धक एसबिआई मर्चेन्ट बैंकिङ्गका अनुसार कुल सेयर माग गरेका आवेदकका १४ लाख ६० हजार ६१ आवेदन स्वीकृत भएका छन् । १ हजार ३४१ आवेदन रद्द भएको जनाइएकाे छ।

सेयर गोलाप्रथाद्वारा बाँडफाँड गरिएको हाे । यसमा ७ लाख ६८ हजार आवेदकले १० कित्ताका दरले सेयर हात पारेका छन्।