भाेलि उपत्यकाका केही स्थानमा विद्युत सेवा अवरुद्ध हुने

-



     सफल आवाज    
     भाद्र १५ गते २०८० मा प्रकाशित



काठमाडौं, १५ भदाै । नेपाल विद्युत प्राधिकरणले भोलि शनिबार काठमाडौं उपत्यकाका केहि स्थानमा विद्युत आपूर्ति सेवा अवरुद्ध हुने जनाएको छ।लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाले टेकू सबस्टेसन स्तरोन्नति गर्ने भएकाेले भाेलि शनिबार विद्युत सेवा अवरुद्ध हुन लागेको हो।

प्राधिकरणका अनुसार शनिबार रत्नपार्क, कुलेश्वर,पुल्चोक तथा लगनखेल वितरण केन्द्र अन्तर्गत पर्ने फिडरहरुबाट विद्युत आपूर्ति प्रभावित हुनेछ।

शनिबार बिहान १० बजेदेखि साँझ ६:३० बजेसम्म विद्युत सेवा प्रभावित हुने प्राधिकरणले जनाएको छ। सो समयमा वैकल्पिक व्यवस्थाबाट विद्युत आपूर्ति गर्न प्रयास गर्ने समेत प्राधिकरणले अनुराेध गरेको छ।