भदौ २८ गतेदेखि मिड सोलु हाइड्रोकाे आईपीओ आउदै

-



     सफल आवाज    
     भाद्र १९ गते २०८० मा प्रकाशित


काठमाडौं १९ भदाै । मिड सोलु हाइड्रोपावरकाे सेयर आईपीओ भदौ २८ गतेदेखि बिक्रीमा ल्याइने भएकाे छ । कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका जनता तथा विदेशमा काम गरिरहेकाहरुकाे लागि सेयर खुलाएपछि अहिले सर्वसाधारणका लागि सेयर खुलाउन लागेकाे हाे ।

जारी पूँजी ७४ करोड ८४ लाख रुपैयाँको १० प्रतिशतले ७ करोड ४८ लाख ४० हजार रुपैयाँ बराबरको ७ लाख ४८ हजार ४०० लाख सेयर आयोजना प्रभावित क्षेत्रका जनताकाे लागि बाँडफाँड भइसकेकाे छ ।

सर्वसाधारणका लागि ७४ लाख ८४ हजार रुपैयाँ बराबरको ७४ हजार ८४ कित्ता साधारण सेयर वैदेशिक रोजगारमा रहेका रहेका नेपालीहरुका लागि बाँडफाँड भइसकेकाे छ।

कम्पनीले दोस्रो चरणमा १४ हजार ९६८ कित्ता कर्मचारीहरुका लागि र ३७ हजार ४२० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएकाे थियाे । बाँकी रहन गएकाे ६ लाख २१ हजार १७२ कित्ता सर्वसाधारणका लागि खुलाउन लागिएकाे हाे ।

सेयर भर्न चाहने इच्छुक लगानीकर्ताले घटीमा १० तथा बढीमा १० हजार कित्ता सेयरका लागि आवेदन दिन पाउनेछन्। यसका लागि असोज १ गतेसम्म आवेदन दिन सकिनेछ । ताेकिएकाे मितिभित्र माग अनुसारकाे आवेदन नपरेमा असोज ११ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीले ९.५ मेगावाटको मध्य सोलु जलविद्युत आयोजना प्रबर्धन गरिरहेको छ । यसकाे लागत २ अर्ब ८ करोड ४१ लाख ६३ हजार ६२८ रुपैयाँ रहेको छ । २०७९ पुस १५ गतेदेखि विद्युतको व्यापारीक उत्पादन भइरहेकाे छ।

सेयर लगानीकर्ताले साेबाेनबाट स्वीकृति लिएका सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तोकिएका शाखाहरुबाट आवेदन दिन पाउनेछन् । यस्तै मेरो सेयर अनलाइनबाट पनि आवेदन दिन पाइनेछ । सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।