हाथवे इन्भेष्टमेन्ट नेपालकाे आईपीओ आजदेखि खुल्ला

-



     सफल आवाज    
     भाद्र २१ गते २०८० मा प्रकाशित



काठमाडौं, २१ भदाै । हाथवे इन्भेष्टमेन्ट नेपालले लिमिटेडले आजदेखि सेयर आईपीओ निष्काशन गरेकाे छ । कम्पनीले प्रतिकित्ता अंकित मूल्य ५० रुपैयाँकाे दरले सेयर निष्काशन गरेकाे जनाएकाे छ ।

यसअघि कम्पनीले जारी पूँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५० प्रतिशतका दरले हुने १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिकित्ता ५० रुपैयाँ अंकित दरमा २९ लाख २५ हजार कित्ता खुलाउनका लागि स्वीकृति लिएकाे थियो। यसबाट वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि १ करोड ४६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ९२ हजार ५०० कित्ता बाँडफाँड भइसकेकाे छ।

यस्तै २९ लाख २५ हजार रुपैयाँ बराबरको ५८ हजार ५०० कित्ता कर्मचारीहरुका लागि रहेकाे छ । ७३ लाख १२ हजार ५०० रुपैयाँ बराबरको १ लाख ४६ हजार २५० कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँड भइसकेकाे छ। अहिले कम्पनीले दोस्रो चरणमा बाँकी रहन गएकाे १२ करोड १३ लाख ८७ हजार ५०० रुपैयाँ बराबरको २४ लाख २७ हजार ७५० कित्ता सेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएकाे हाे ।

लगानीकर्ताले घटीमा २० तथा बढीमा १ लाख कित्ताका लागि आवेदन दिन पाउनेछन् । यसका लागि भदौ २५ गतेसम्म आवेदन दिन पाइनेछ । ताेकिएकाे मितिसम्म पूरा आवेदन नपरेमा असोज ४ गतेसम्म आवेदन दिन पाइनेछ ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ।