वार्षिक १ करोडसम्मकाे कारोबार गर्ने करदाताले अब चौमासिक कर दाखिला गर्न पाउने

-



     सफल आवाज    
     भाद्र २२ गते २०८० मा प्रकाशित



काठमाडौं, २२ भदाै। आन्तरिक राजस्व विभागले साना करदाताकाे लागि मूल्य अभिवृद्धि करको विवरण दाखिला गर्ने समयावधि बढाएको छ। ‍साना करदातालाई सुविधा दिने उदेश्यले विभागले ४ महिनामा करको विवरण बुझाउन पाउनेगरी समय बढाएको बताएकाे छ।

विभागले आज एक सूचना जारी गर्दै वार्षिक १ करोड रुपैयाँसम्मको मूल्य अभिवृद्धि कर लाग्ने कारोबार गर्ने करदातालाई चौमासिक कर दाखिला गर्न पाउने गरी व्यवस्था गरेको जनाएको छ। यसअघि त्यस्ता करदाताहरुले पनि मासिक रुपमा विवरण दाखिला गर्दै अाएका थिए ।

आन्तरिक राजस्व विभागकाे सुचना अनुसार यसअघि मासिक रुपमा विवरण दाखिला गर्दै आएका करदाताले अब २०८० साउनदेखि हरेक ४ महिना अर्थात साउन, भदौ, असोज र कार्तिकको विवरण मंसिर २५ गतेसम्म बुझाउनुपर्नेछ। यस्तै, मंसिर, पुस, माघ र फागुनको विवरण चैत २५ गतेसम्म र चैत, बैशाख, जेठ र असारको विवरण साउन २५ गतेसम्म पेश गर्ने सुविधा विभागले दिएको छ।

कुनै करदाताले मासिक रुपमा नै कर विवरण दाखिला गर्न चाहे त्यो सुविधा पनि जारी रहने विभागले जनाएको छ। तर त्यसका लागि करदाताले सम्बन्धित राजस्व कार्यालय/ करदाता सेवा कार्यालयमा जानकारी दिनुपर्नेछ।

यस्ताे छ सुचना :