राष्ट्रिय वाणिज्य बैंकको शाखा वालिङमा, निर्धक्कसँग बैंकिङ कारोबार गर्न प्रमुख कार्यकारी अधिकृत श्रेष्ठकाे आग्रह

-



     सफल आवाज    
     भाद्र २५ गते २०८० मा प्रकाशित


काठमाडौं, २५ भदाै। राष्ट्रिय वाणिज्य बैंकले स्याङ्जा जिल्लाको वालिङ नगरपालिका ८ मा शाखा कार्यालय खाेलेको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले आईतबार उक्त शाखाको समुदघाट्न गरेका हुन् । यससँगै बैंकको देशभर २ सय ८२ वटा शाखा कार्यालय पुगेका छन् ।

साे अवसरमा मन्त्री गुरुङले राष्ट्रिय वाणिज्य बैंकले वालिङमा शाखा विस्तार गरेकोमा खुशी लागेको बताउदै नगरको समग्र विकासमा बैंकको महत्वपूर्ण भूमिका हुने बताए । व्यवसायीहरुलाई आफ्नो आर्थिक कारोबार यहि बैंकसँग गर्न आग्रह गरे ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले राष्ट्रिय वाणिज्य बैंकको कर्जाको ब्याजदर तुलनात्मक रुपमा अन्य बैककाे भन्दा कम भएको र निक्षेपमा आकर्षक ब्याजदर भएकाले व्यवसायीहरुलाई निर्धक्कसँग बैंकिङ कारोबार गर्न आग्रह गरेका थिए ।

गण्डकी प्रदेशका प्रादेशिक प्रबन्धक प्रमोद अधिकारीको सभापितत्वमा सम्पन्न भएको कार्यक्रममा वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँड, वालिङ नगरका विभिन्न वडाका वडा अध्यक्षहरु, राजनीतिक दलका स्थानीय प्रतिनिधिहरु, समाजसेवीहरु, उद्योगी व्यवसायीहरु, नेपाली सेना, नेपाल प्रहरी, अन्य स्थानीय संघसस्थाका प्रतिनिधिहरु, बैंकका उपकार्यकारी अधिकृत पवन रेग्मी, विभागीय प्रमुख आनन्द सुवेदी, बागमती प्रदेशका प्रादेशिक प्रबन्धक ध्रुब अर्याल, शाखा प्रबन्धकहरु, कर्मचारीहरु लगायत सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।