लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा श्रेष्ठ निर्वाचित

-



     सफल आवाज    
     भाद्र २५ गते २०८० मा प्रकाशित


पाेखरा, २५ भदाै । लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा विनोद श्रेष्ठ निर्वाचित भएका छन् । संघको १४औं अधिवेशन अन्तर्गत भएको निर्वाचनबाट प्रतिस्पर्धी भरत अधिकारीलाई पराजित गर्दै श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन् ।

संघको वरिस्ट उपाध्यक्षमा राजेन्द्र ओझा, प्रथम उपाध्यक्षमा उपेन्द्रराज सुवेदी , द्वितीय उपाध्यक्ष बिक्रम कर्माचार्य, महासचिवमा जानुका पराजुली अधिकारी, उपमहासचिवमा भरतराज ओझा, कोषाध्यक्षमा ध्रुव बाबू भट्टराई निर्वाचित भएका छन् ।

त्यस्तै सदस्यहरुमा प्रभा कुमारी पौडेल, प्रतीक्षा रानाभाट, अर्जुन भण्डारी, गंगा मल्ल, ई बिजय न्यौपाने, खेमराज बराल, भरत थापा, लक्ष्मीप्रसाद ढुंगाना, टीकाराम सापकोटा, हरि बस्ताकोटी निर्वाचित भएका छन् ।