नेम्वाङको निधनले निकै दुःखी बनाएकाे छ : प्रधानमन्त्री

-



     सफल आवाज    
     भाद्र २६ गते २०८० मा प्रकाशित


काठमाडाैं, २६ भदाै ।  प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनले निकै दुःखी भएकाे बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा उनले नेम्वाङको असामयिक निधनले मर्माहत भएको बताउदै भावपूर्ण श्रद्धान्जली व्यक्त गरेका छन् । साथै उनले यसबाट शोकाकुल भएका परिवारजनमा हार्दिक समवेदना प्रकट गरेका छन् ।

‘संविधानसभाका अध्यक्ष तथा पूर्वसभामुख कमरेड सुवास नेम्वाङको असामयिक निधनको खबरले मर्माहत भएको छु । उनकाे ट्वीटरमा लेखिएकाे छ, दिवंगत कमरेड नेम्वाङप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु ।’

एमाले उपाध्यक्ष नेम्वाङको गएराति १.३० बजे हृदयघातबाट निधन भएको थियो ।