
काठमाडाैं, २७ भदाै । माछापुच्छ्रे बैंकले लाभांश पारित गर्नका लागि साधारण सभा डाकेकाे छ । बैंकले घाेषणा गरेकाे साे लाभांशकाे प्रस्ताव पारित गर्नका लागि असाेज १८ गते साधाररण सभा डाकेकाे हाे ।
बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएकाे हाे । बैंकले २५ औँ वार्षिक साधारण सभा पाेखरा पार्दीमा रहेकाे होटल पोखरा ग्राण्डमा डाकेकाे छ । साधारण सभा पूर्वान्ह बिहान ११ बाेलाइएकाे बैंकले जनाएकाे छ।
बैंकका अनुसार हाल कायम रहेकाे चुक्ता पूँजीको १३.३० प्रतिशतका दरले १ अर्ब ३६ करोड ४२ लाख १ हजार ६९२ रुपैयाँ बराबरको बोनस तथा कर प्रयोजनका लागि ०.७० प्रतिशतले ७ करोड १८ लाख ८९ रुपैयाँ बराबरको नगद लाभांश वितरणकाे प्ररस्ताव पारित हुनेछ ।
सभाले अन्य उपयुक्त लागेका बैंक तथा वित्तीय संस्थासँग गाभ्ने, गाभिने लगायतका कार्य गर्नका लागि साेकाे जिम्मेवारी संचालक समितिलाई दिनेछ । यस्तै बैंकको प्रबन्धपत्र र नियमावली संशोधनकाे अख्तियारी, लेखापरीक्षककाे नियुक्त र पारिश्रमिक ताेक्ने लगायतका प्रस्तावहरुलाई पारित गरिने भएकाे छ ।
बैंकले साधारण सभाकाे प्रयोजनका लागि असाेज ८ गते बुकक्लोज गर्ने जनाएकाे छ। सेयरधनीहरूले लाभांशकाे प्राप्ति तथा साधारण सभामा भाग लिनका लागि असोज ७ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा सेयरकाे काराेबार गरेर कायम भएकाे हुनुपर्नेछ ।