
काठमाडौं, २७ भदौ । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली सेयर बजार उकालोको यात्रामा गएको छ । १३ वटै उपसमूहहरुमा हरियाली छाएको छ । करेक्सन भएको भोलिपल्टै नेप्सेमा आएको सकारात्मक परिवर्तनले लगानीकर्ताहरु उत्साही बनेका छन् ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३९.४८ अंकले बढेर २००७.०६ विन्दुमा उक्लिएको छ । नेप्सेमा २.०० प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ७.६६ अंकले बढेर ३८६.८१ विन्दुमा पुगेको छ ।
यसदिन १३ वटै उपसमूहहरुमा हरियाली छाएको छ । २७५ वटा कम्पनीहरुको सेयर खरिदबिक्री भएको छ । उनीहरुको ५१ लाख ४४ हजार ७२४ कित्ता सेयरको खरिदबिक्रीबाट १ अर्ब ४९ करोड ५५ लाख २१ हजार ९०५ रुपैयाँ ७७ पैसा बराबरको कारोबार भएको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी एनआईसी एशिया बैंक लिमिटेडको सेयर कारोबार भएको छ । बैंकको ७ करोड ९३ लाख लाख २५ हजार ३४७ रुपैयाँ ५० पैसा बराबरको कारोबार भएको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै थ्री स्टार हाइड्रोपावर लिमिटेडको सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य ८ प्रतिशतले घटेको हो ।

