
काठमाडौं, २८ भदाै । मंगलबार अकल्पनिय निधन भएका संविधानसभाका अध्यक्ष तथा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको आज अन्त्येष्टी गरिँदैछ। अहिले बिहान ११ बजे पशुपति आर्यघाटमा उनको अन्त्येष्टी गरिने नेकपा एमालेले सचिवालयले बताएको छ।
हाल नेम्वाङको पार्थिव शरीर बालुबाटार उपहारमार्गस्थित उनको निवासमा राखिएकाे छ। एमाले पार्टी र्कायालयका अनुसार बालुवाटारबाट उनको पार्थिव शरीरलाई शवयात्रासहित शिक्षण अस्पताल, महाराजगंज, धुम्बाराही, चाबहिल, गौशाला हुँदै पशुपति आर्यघाट पुर्याइने तयारी रहेकाे बताइएकाे छ।
नेम्वाङको शवयात्रामा सहभागी हुन अहिले बिहानदेखि नै बालुबाटार उपहारमार्गस्थित उनको निवासमा सुभेच्छुककाे भिड लागेकाे छ भने सरकारले राजकीय सम्मानसहित नेम्वाङको अन्येष्टी गर्ने निर्णय गर्दै आज सार्वजनिक बिदा समेत दिएको छ।