एभरेष्ट बैंकले गर्याे २०.५३ प्रतिशत लाभांश प्रस्ताव

-



     सफल आवाज    
     भाद्र २८ गते २०८० मा प्रकाशित


काठमाडौं, २८ भदाै । एभरेष्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७९ -२०८० काे मुनाफाबाट शेयरधनीलाइ २०.५३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

बैंक सञ्चालक समितिकाे निर्णय अनुसार शेयरधनीलाइ १०.५३ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस सेयर दिइनेछ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंककाे स्वीकृती पछि तथा बैंकको आगामी साधारण सभाले पारित गरेपछि मात्र वितरण गरिनेछ। 

हाल बैंकको चुक्तापुँजी १० अर्ब ६९ करोड रुपैयाँ रहेकाे छ। बैंकले हाल कायम चुक्तापुँजीमा सो लाभांश प्रस्ताव गरेको हो। प्रस्तावित १० प्रतिशत बोनस सेयर वितरणपछि बैंकको चुक्तापुँजी १ अर्ब ६ करोडले बढ्ने एभरेष्ट बैंकले बताएकाे छ ।