पोखरा फाइनान्स लिमिटेडको अध्यक्षमा राजकुमार गुरूङ चयन

-



     सफल आवाज    
     भाद्र ३० गते २०८० मा प्रकाशित


पोखरा , ३० भदाै। पोखराको न्युरोडमा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको बित्तीय संस्था पोखरा फाइनान्स लिमिटेडको संचालक समितिकाे अध्यक्षमा राजकुमार गुरूङ चयन भएका छन । फाइनान्स संचालक समितिकाे हालै बसेकाे बैठकले गुरूङलाई अध्यक्षमा निर्बिराेध चयन गरेकाे हाे ।

बैकिङ क्षेत्रमा लामाे समय उच्च ब्यबस्थापनमा रहेर कार्य गरेको अनुभव भएका गुरूङले पोखरा फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतकाे रूपमा ८ बर्ष नेतृत्व गरेका थिए । त्यस्तै उनले त्यसअघि स्टाण्डर्ड चार्टड बैकमा समेत काम गरेका थिए ।

बित्तीय क्षेत्रका अनुभवी ब्यक्तित्व गुरुङले अध्यक्षको जिम्मेवारी लिएपछि पोखरा फाइनान्सले थप प्रगति गर्ने र सेयरधनीलाई उच्च प्रतिफल दिने बिश्वास गरिएको छ ।