सिटिजन्स बैंककाे यस्ताे छ नगद लाभांशकाे प्रस्ताव

-



     सफल आवाज    
     भाद्र ३१ गते २०८० मा प्रकाशित


काठमाडौं, ३१ भदाै। सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले नगद लाभांश दिने भएको छ। बैंकले यसपटक शेयरधनीलाइ नगद लाभांश दिने तयारी गरेको हो। बैंकले गत आर्थिक बर्षको नाफाबाट ५.७९ प्रतिशत नगद लाभांश दिने जनाएकाे छ ।

नगद लाभांश बापत बैंकले ८२ करोड २१ लाख रुपैयाँ सेयरधनीलाई बितरण गर्नेछ। बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरी बैककाे बार्षिक साधारणसभाले पारित गरेपछि मात्र शेयरधनीलाइ बितरण गरिने बताइएकाे छ ।