
काठमाडौं, २ असोज । भिजन लुम्बिनी उर्जा कम्पनीले आईपीओ भर्ने समय थप गरेको छ । कम्पनीले स्थानीयको लागि जारी गरेकाे आईपीओकाे आवेदनका लागी समय थप गरेको हाे ।
कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ९१ करोड २५ लाख मध्ये १० प्रतिशत अर्थात् १९ करोड १२ लाख ५० हजार रकम बराबरको १०० अंकित दरको १९ लाख १२ हजार ५ सय कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका जनताका लागी छुट्टाएकाे बताएकाे छ।
कंपनीले कास्की जिल्लाका माछापुच्छ्रे गाउँपालिकाको वडा नं. १, २, ३, ४ र पोखरा महानगरपालिकाको वडा नं.१९ का स्थानीय बासिन्दाको लागि २०८० भदौ १९ देखि असोज २ सम्म निष्काशन तथा बिक्री खुला गरेको थियो ।
माग बमोजिमकाे दरखास्त प्राप्त नभएकाले कंपनीले यहि असोज १७ गते सम्म निष्काशन तथा बिक्री खुला थप गरेको बताएकाे छ ।