
बाकु, २ असोज । नागोर्नो–काराबाख क्षेत्रमा बारुदी सुरुङमा छ जना मारिएका छन् । अजरबैजानले मङ्गलबार नागोर्नो–काराबाखबाट छुट्टिएको क्षेत्रमा भएका दुई छुट्टाछुट्टै सुरुङ विस्फोटमा चार प्रहरी अधिकारी र दुई नागरिकको मृत्यु भएको बताएको छ ।
आर्मेनियासँगको तनाव बढ्दै गएका बेला यस्ता आततायी गतिविधि विध्वंसमा संलग्न समूहले गराएका प्रहरीले बताएको छ । सुरक्षा निकायहरूका अनुसार खोड्झाभेन्स्की जिल्लामा मङ्गलबार बिहान सबेरै दुईजनाको मृत्यु भएको तथा अतिवादी समूह आर्मेनियाली सशस्त्र बलले निर्माणाधीन सुरुङ मार्गमा राखेको विष्फोटक पदार्थमा प्रहरीको गाडीले कुल्चिदा चार जना प्रहरी अधिकारीको घटनास्थलमा ज्यान गएको हो ।
आर्मेनियाली सशस्त्र बललाई अजरबैजानले आतङ्कवादी समूह मानेको छ । आर्मेनिया र अजरबैजान तत्कालीन सोभियत सङ्घबाट टुक्रिएपटि बेग्लाबेग्लै देशका रुपमा अस्तित्वमा आएका हुन् ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




