आइएमईकाे ‘आइएमई गरौं करोडपति बनौं’ योजना

-



     सफल आवाज    
     असाेज ४ गते २०८० मा प्रकाशित



काठमाडौं, ४ असाेज । आइएमईले विदेशमा कमाएको पैसा रेमिटेन्स मार्फत पठाउन थप प्रोत्साहन गर्ने उद्देश्यले ‘आइएमई गरौं,करोडपति बनौं’ योजना सार्वजनिक गरेको छ ।

याे योजनामा आइएमई गरी रकम पठाउने सेवाग्राहीहरुमध्ये १ जनाले १ करोड रुपैयाँ नगद जित्नेछन् । सँगसँगै प्रत्येक महिना १ जनाले १ लाख नगद पाउनेछन् । यसैगरी दसैँ,तिहार तथा छठ पर्वमा १८ सय सेवाग्राहीले थप आकर्षक उपहार प्राप्त गर्ने कंपनीले जनाएकाे छ ।

आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले आइएमईले वैदेशिक रोजगारमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगारमा रहेका सेवाग्राहीहरूलाई औपचारिक माध्यमबाट रकम पठाउन यो योजनाले उत्प्रेरकको रूपमा काम गर्ने बिश्वास लिइएकाे बताए ।

आइएमई गरी आइएमई पे वालेट र बैंक खातामा जम्मा गर्ने तथा आइएमई काउण्टरमा रकम पठाउने सेवाग्राहीहरू यो योजनामा सहभागी हुन पाउने बताइएकाे छ । यो योजना २०८१ भदौ मसान्त सम्म लागु हुने कंपनीले बताएकाे छ ।