
काठमडौं, ४ असोज । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनको भाउ घटेको छ । चाँदीको भाउ भने बढेको छ । छापावाल सुनमा रुपैयाँ ३ सय घटेको हाे। चाँदीको भाउ रुपैयाँ ५ ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ३ सयले घटेर तोलाको १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख १२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुनमा पनि रुपैयाँ ३ सयले घटेर तोलाको १ लाख ११ हजार ९ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार तेजाबी सुन तोलाको १ लाख १२ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार चाँदीमा रुपैयाँ ५ ले बढेर तोलाको १ हजार ४ सय १० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार सोतो धातु चाँदी तोलाको १ हजार ४ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।