काठमाडाैं, ४ असाेज । साताको सेयर कारोबार हुने अन्तिम दिन आज बिहिबार नेपाली सेयर बजारमा सकारात्मक माहोल देखिएको छ । नेप्सेमा छाएको हरियालीले लगानीकर्ताहरुको मनोबल उच्च बनाएको छ ।
सेयर बजारमा आएको उछालले अबका दिनहरुमा स्थिर बजारको अपेक्षा गरिएको छ । तर यो नियमन निकायहरुको बजार तथा लगानीकर्तामैत्री अनुकुलनको व्यवहार र स्वयं लगानीकर्ताहरुको सक्रियतामा भर पर्ने करा पनि हो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४४.३४ अंकले बढेर २०२९.७८ विन्दुमा उक्लिएको छ । नेप्सेमा २.२३ प्रतिशतले बृद्धि भएको छ । सेन्सेटिभ इण्डेक्स ७.५५ अंकले बढेर ३८८.७२ विन्दुमा रहेको छ ।
यसदिन १३ वटै उपसमूहहरुमा हरियाली छाएको छ । कुल २७८ कम्पनीहरुको सेयर खरिदबिक्री भएको छ । उनीहरुको १ करोड १२ लाख ६४ हजार ३०९ कित्ता सेयरको कारोबारबाट ३ अर्ब २९ करोड ३९ लाख २१ ह्जार ३६८ रुपैयाँ ३२ पैसा बराबरको कारोबार भएको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कारोबार भएको छ । कम्पनीको २० करोड १८ लाख ३६ हजार ४८३ रुपैयाँ ५० पैसा बराबरको कारोबार भएको छ ।
सबैभन्दा धेरै नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै नबिल ग्रोथ फण्डको गुमेको छ । सो फण्डको सेयरमूल्य ४.०७ प्रतिशतले घटेको छ ।

