शुक्रबार अमेरिकी डलरको भाउ बढ्यो, यूरो घट्यो

-



     सफल आवाज    
     असाेज ५ गते २०८० मा प्रकाशित



काठमाडौं, ५ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ बढेको छ । यूरोलगायत अन्य देशहरुको मुद्राको भाउ घटेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

आज अमेरिकी डलरको भाउ बढेको छ । अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ६५ पैसा र बिक्रिदर १३३ रुपैयाँ २५ पैसा रहेको छ ।

यसदिन यूरोलगायत अन्य देशको मुद्राको भाउ घटेको छ । यूरो १ को खरिददर १४१ रुपैयाँ २६ पैसा र बिक्रीदर १४१ रुपैयाँ ९० पैसा रहेको छ । बेलायती पाउण्ड १ को खरिददर १६३ रुपैयाँ १७ पैसा र बिक्रीदर १६५ रुपैयाँ ९० पैसा रहेको छ ।

स्वीस फ्रयांक १ को खरिददर १४६ रुपैयाँ ४२ पैसा र बिक्रीदर १४७ रुपैयाँ ८ पैसा रहेको छ । अष्ट्रेलियन डलर १ को खरिददर ८५ रुपैयाँ ३ पैसा र बिक्रीदर ८५ रुपैयाँ ४१ पैसा रहेको छ ।

क्यानेडियन डलर १ को खरिददर ९८ रुपैयाँँ २२ पैसा र बिक्रीदर ९८ रुपैयाँ ६७ पैसा रहेको छ । सिंगापुर डलर १ को खरिददर ९७ रुपैयाँ र बिक्रीदर ९७ रुपैयाँ ४४ पैसा रहेको छ ।

आजको मूल्यसूची