
ब्राजिल, ६ असोज । ब्राजिलमा प्रहरीले गरेको सुरक्षा कारबाहीमा ६ जना मारिएका छन् । ब्राजिल प्रहरीले साल्भाडोरमा गरेको कारबाहीमा ६ जना संदिग्धको मारिएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
झण्डै ३० लाख जनसङ्ख्या भएको साल्भाडोर बाहिया राज्यको राजधानी हो । आपराधिक समूहले यो महिना ३० जनाभन्दा बढीको हत्या गरेपछि उक्त समूहविरुद्ध गरिएको कारबाहीमा उनीहरू मारिएका हुन् । आपराधिक गिरोहले हालसम्म ३४ जनाको हत्या गरिसकेका सुरक्षा अधिकारीहरूले बताएका छन् ।
शुक्रबार गरिएको सुरक्षा कारबाहीमा सर्वसाधारणको हत्यामा संलग्न केही मारिएका जनाउँदै प्रहरीले हत्यामा संलग्न गिरोहका ४३ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको बताएको छ । बाहियाका अधिकांश नगरहरूमा आपराधिक गिरोहले हतियार तथा लागुऔषध तस्करी गर्ने तथा स्थानीयलाई आक्रणको निशाना बनाउँदै आएकोछ ।
ठूला आपाराधिक गुटलाई नियन्त्रण गर्न प्रहरीले पनि नियमित रुपमा कारबाही गर्दै आएको छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




