लाभांश पारित गर्न सानिमा बैंकले बाेलायाे साधारण सभा

-



     सफल आवाज    
     असाेज ८ गते २०८० मा प्रकाशित



काठमाडाैं, ८ असाेज । सानिमा बैंकले लाभांश पारित गर्नका लागि कात्तिक २ गते १९औँ वार्षिक साधारण सभा बाेलाएकाे छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट बैंकका शेयरधनीहरुलाई वितरण गर्ने भनि घोषणा गरिएकाे लाभांश वितरणको प्रस्ताव पारित गर्न साधारण बाेलाएकाे हो।

साधारण सभामा हाल कायम चुक्ता पूँजीको ९ प्रतिशत बोनस शेयर तथा त्यसकाे कर प्रयोजनका लागि ५.७० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव अनुमाेदन गरिनेछ ।

यस्तै प्रबन्धपत्र तथा नियमावली संशोधनकाे अख्तियारी सञ्चालक समितिलाई दिने, लेखापरीक्षककाे नियुक्तु र पारिश्रमिक ताेक्ने लगायतका प्रस्तावहरु अनुमाेदन गरिने भएकाे छ ।

साधारण सभा प्रयोजनकाे लागि असोज २२ गते बुकक्लोज हुने भएकाे छ। शेयरधनीहरूले लाभांश पाउन र साधारण सभामा भाग लिनका लागि असोज २१ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ । साधारणा सभा कुण्डलिनी दरबार ब्याङ्गवेट, चण्डोल, काठमाडौँमा कात्तिक २ गते पूर्वान्ह बिहान ११ बजे डाकिएकाे छ।