
काठमाण्डौं, ९ असोज । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र सेलवेज क्यास एण्ड क्यारी प्रा.लि (सेल्सबेरी) बिच सम्झौता भएको छ । बैंकका ग्राहकहरु, बैंकका कर्मचारी तथा शेयरधनी महानुभावहरुलाई विभिन्न किसिमका सामान खरिद गर्दा छुट प्रदान गर्ने उद्देश्यले आज सम्झौता भएको हाे ।
सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेण्ठ र सेलवेज क्यास एण्ड क्यारी प्रा.लि (सेल्सबेरी) को तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुशीलमान प्रधानाङ्घले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार सेलवेज क्यास एण्ड क्यारी प्रा.लि (सेल्सबेरी)ले बैंकका ग्राहक महानुभाव, बैंकका कर्मचारी तथा शेयरधनी महानुभावहरुलाई विभिन्न किसिमका सामान खरिद जस्तै ग्रोसरी, लिक्वेयर, फ्रोजन फुड, डेरी प्रडक्ट, हाउसहोल्ड आइटम, गार्मेन्ट्स लगायतमा २ प्रतिशतदेखि अधिकतम २५ प्रतिशत सम्म छुट प्रदान गर्नेछ ।
यस सम्झौता पश्चात बैंकका ग्राहक महानुभाव, बैंकका कर्मचारी तथा शेयरधनी महानुभावहरुले प्रत्यक्ष लाभ लिन सक्ने विश्वास बैंकले लिएको जनाएको छ ।