
काठमाडाैं, ११ असाेज । एनआरएनएकाे आगामी कार्यकालका लागी अध्यक्ष पदमा कतारमा बसाेबास गर्ने आरके शर्माले उम्मेदवारी दिएका छन । कतारको राजधानी दोहामा आयोजित एक कार्यक्रमका बीच अध्यक्षका प्रत्यासी शर्माले बुधबार आफ्नाे २४ बुँदे बाचापत्रसहित उम्मेदवारी घोषणा गरेका हुन् ।
विश्वका बिभिन्न देशमा बसाेबास गरिरहेका गैरआवासीय नेपालीहरूको सुझाव सल्लाहको आधारमा आफ्ना योजना तथा कार्यक्रमहरू सहित अध्यक्ष पदमा उमेद्वारी दिएकाे शर्माले बताएका छन।
सिंगो गैरआवासीय नेपाली अभियानलाई एक ढिक्का बनाएर अघि लैजादै आफ्नो कार्यकालमा ‘जुटेको एनआरएनए’ बनाउने अध्यक्षका प्रत्यासी शर्माले बताएका थिए ।
साे कार्यक्रममा शर्माले ‘गैरआवासीय नेपालीको अभियान: स्वदेशमा लगानी प्रवासमा सम्मान’ भन्ने मुल नारा समेटेर २ वर्षे कार्यकालका आफ्ना २४ कार्ययोजनाहरु समेटेर बाचापत्र समेत सार्वजनिक गरेकाे साेही कार्यक्रममा सहभागी राेशन खवासले सफल आवाजलाई जानकारी दिएका छन ।

‘मैले आइसीसीको उपाध्यक्ष भई काम गरिसकेकाले अध्यक्ष भएर जिम्मेवारी निर्वाह गर्न पनि अनुभव कमाइसकेको छु, शर्माले भने,। उनले अध्यक्ष पद प्राप्त गर्ने मात्रै आफ्नो इच्छा नभएको बताउदै सम्पुर्ण गैरआवासीय नेपालीका लागि काम गर्ने उद्देश्यले जिम्मेवारी लिन खोजेको बताए।
शर्माले विदेशमा बस्ने नेपाली श्रमिकहरुलाई सामूहिक लगानी कोषमा आबद्ध गराउने र श्रम बेचेर स्वेदश फर्किने नेपाली श्रमिकहरुको भविष्य सुरक्षित गराउन विशेष भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे।
सन् २००५ देखि एनआरएनएमा सक्रिय शर्माले गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको सल्लाहकारदेखि आइसीसी सदस्य, मध्यपूर्व संयोजक र आइसीसी सचिव भएर काम गरिसकेका छन्।
हाल उनी संघको आइसीसी उपाध्यक्ष हुन्।शर्माले बिदेशकाे अलावा नेपालमा पनि बैकिङ, हाइड्राे लगायतका क्षेत्रमा उल्लेख्य लगानी गरेका छन ।