
काठमाडौं, १४ असाेज । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ बिक्रीमा ल्याएकाे छ। कम्पनीले यसअघि उद्योगबाट प्रभावित क्षेत्रका जनता र वैदेशिक रोजगारीमा रहेकाहरुकाे लागि आईपीओ बाँडफाँड गरिसकेकाे जनाएकाे छ ।
कम्पनीले १ अर्ब २३ करोड २० हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १ करोड २३ लाख २०० लाख कित्ता साधारण सेयर निष्काशनकाे अनुमति पाएको थियो।
पहिलो चरणमा कम्पनीले उद्योग प्रभावित दाङ्ग र रोल्पाका जनताका लागि १२५ रुपेयाँ प्रिमियम थपेर २२५ रुपैयाँमा १५ लाख ३७ हजार ५२५ कित्ता सेयर खुलाएकाे थियो। स्थानिय जनताकाे १ लाख ३४ हजार ५२० कित्ताका लागि आवेदन परेकाे थियाे ।
कम्पनीले वैदेशिक रोजगारीमा रहेकाहरुका लागि १२ लाख १६ हजार ५६८ कित्ता, सामूहिक लगानी कोषका लागि ६ लाख ८ हजार २८४ कित्ता र कर्मचारीहरुका लागि ६ लाख ८ हजार २८४ कित्ता बाँडफाँड गरिसकेको छ।
याे दोस्रो चरणमा कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थपेर २३७ रुपैयाँ ५८ पैसामा सर्वसाधारणका लागि ९७ लाख ३२ हजार ५४४ कित्ता जारी गरेकाे हाे ।
लगानीकर्ताले घटीमा १० कित्ता बढीमा १५ लाख कित्ताका लागि आवेदन दिन पाउनेछन्। यसका लागि असोज १७ गतेसम्म आवेदन दिन सकिनेछ । ताेकिएकाे मितिसम्म पूरा निवेदन नपरेमा ढिलोमा असोज २८ गतेसम्म आवेदन दिन सकिनेछ । सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




