एनआईसी एशिया र एभरेष्ट बैंकका शेयरधनीले लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

-



     सफल आवाज    
     असाेज १५ गते २०८० मा प्रकाशित



काठमाडाैं, १५ असोज। एनआईसी एशिया र एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन बाँकी रहेकाे छ। दुबै बैंकले साधारण सभा र लाभांश वितरणकाे प्रयोजनका लागि असाेज १६ गते मंगलबार बुकक्लोज गर्ने बताएका छन।

साधारण सभामा भाग लिन र लाभांश प्राप्तिका लागि सेयरधनीहरूले आजसम्म नेपाल स्टक एक्सचेन्जमा नेप्सेमा सेयर कारोबार गरी कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएका सेयरधनीहरुले मात्रै साधारण सभामा भाग लिन र लाभांश प्राप्तिका लागि याेग्य हुनेछन् ।

एनआईसी एशिया बैंक

एनआईसी एशिया बैंकका अनुसार बैंककाे २६ औँ वार्षिक साधारण सभा असोज २८ गते काठमाडाैं भद्रकालीमा रहेकाे आर्मी अफिसर्स क्लबमामा डाकिएकाे छ । सभा बिहान ९ बजे डाकिएकाे एनआईसी एशिया बैंक स्राेतले जनाएकाे छ ।

सभाले २९ प्रतिशत बोनस र त्यसकाे कर प्रयोजनका लागि नार्थ १.५२६३ प्रतिशत नगद लाभांशसहित ३०.५२६३ प्रतिशत लाभांश वितरणकाे प्रस्ताव अनुमाेदन गर्नेछ । यस्तै सभाले बैंककाे प्रबन्धपत्र र नियमावली संशोधनकाे जिम्मेवारी सञ्चालक समितिलाई दिने, लेखापरीक्षक नियुक्त र पारिश्रमिक ताेक्ने लगायतका प्रस्तावहरु अनुमाेदन गर्नेछ।

एभरेष्ट बैंक

यस्तै एभरेष्ट बैंककाे औँ वार्षिक साधारण सभा यही असोज ३० गते काठमाडाैंस्थित लैनचौर ब्याङ्कवेटमा पूर्रवान्ह ११ बजे बेालाइएकाे छ ।सभाबाट १० प्रतिशत बोनस तथा त्यसकाे करकाे प्रयाेजनका लागि ०.५३ प्रतिशत लाभांशसहित १०.५३ प्रतिशत नगद लाभांश वितरणकाे प्रस्ताव पारित गर्ने भएकाे छ।

सभाबाट संस्थापक सेयरधनीहरुबाट सञ्चालकहरूको नियुक्तिकाे अनुमोदन गर्ने गरिने भएकाे छ । साथै लेखापरीक्षककाे नियुक्ती, प्रबन्धपत्र र नियमावली संशोधनलगायतका प्रस्तावहरु पारित अनुमाेदन गरिने एभरेष्ट बैंक स्राेतले जनाएकाे छ ।