
काठमाडौं, १६ असोज । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)का अन्तर्राष्ट्रिय प्रमुख कार्यकारी अधिकृत (ग्लोबल सिइओ) एलिस अलब्राइटबीच भेटवार्ता भएको छ ।
ललितपुरको च्यासलस्थित एमाले पार्टी कार्यालयमा उनीहरुबीच एमसिसी कार्यान्वयनका विषयमा छलफल भएको एमाले परराष्ट्र मामिला विभागका प्रमुख डा राजन भट्टराईले जानकारी दिए। उनका अनुसार भेटमा एमाले अध्यक्ष ओलीले परियोजनाको सहमतिअनुसार नै अगाडि बढाउनुपर्ने र निर्धारित समयमा नै एमसिसी परियोजना सक्नुपर्ने भनाइ राखेका थिए ।
एलिस अलब्राइटले एमसिसी कार्यान्वयनको तहमा पुगेको भन्दै निर्धारित समयमा नै एमसिसी परियोजना सक्ने लक्ष्य रहेको प्रतिबद्धता व्यक्त गरेको नेता डा भट्टराईले जानकारी दिए।